Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : आरविवि म्युचुअल फण्ड २ को इकाई आजबाट बिक्री खुला

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, ०६ : ३२ मा प्रकाशित

आरविवि म्युचुअल फण्ड अन्तरर्गत सञ्चलन हुने आरविवि म्युचुअल फण्ड २ को इकाई आज वैशाख १७ गतेदेखि बिक्रीमा आएको छ। प्रति इकाई अंकित मूल्य १० रूपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागिएको हो ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई विक्रीबाट संकलित रकम सूचीकृत तथा सार्वजनिक निष्कासनका धितोपत्र, नेपाल सरकारले जारी गरेको ऋणपत्र ट्रेजरी बील तथा मुद्रा बजारका अन्य साधानहरू, बैंक निक्षेप र नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी हुनेछ ।

योजनको इकाई बाँडफाँड भएको मितिले १० वर्ष अवधि पश्चा्त योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । 

यस फण्डका अरु जानकारी यस प्रकार छन :

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ ।

कहिलेसम्म दिने आवेदन ?

छिटोमा वैशाख २१ गतेसम्म रहेको छ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि वैशाख ३१ गतेसम्म लम्बिनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम  आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड ले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको