Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र यूएईबीचको बाँकी खेल मंगलबार हुने

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, १५ : ४७ मा प्रकाशित

नेपाल र यूएईबीचको बाँकी खेल मंगलबार हुने

नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेट फाइनलको बाँकी खेल मंगलबार हुने भएको छ । भोलि (मंगलबार) बिहान ९ बजेदेखि खेल सुरु हुनेछ । सोमबार वर्षाका कारण खेल रोकियो।

नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जाँदा दोस्रो पटक खेल रोकिएको थियो ।

दिउँसो साढे तनि बजेसम्म पनि वर्षा नरोएिकपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरे । यूएईले यही स्थितिबाट वैकल्पिक दिन राखिएको मंगलबारको खेल सुरु गर्नेछ ।-Photo Source: CAN 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको