Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तका नवनियुक्त सिइओ सुन्दर प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, १३ : ५९ मा प्रकाशित

लक्ष्मी लघुवित्तका नवनियुक्त सिइओ सुन्दर प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुन्दर प्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । नवनियुक्त सिइओ श्रेष्ठले वैशाख १८ गतेदेखि संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरी कार्य आरम्भ गरेका हुन् । 

श्रेष्ठ यसअघि संस्थामा नायब महाप्रबन्धक पदमा कार्यरत रहेका थिए । श्रेष्ठ २० वर्षदेखि वित्तीय क्षेत्रमा आबद्ध रहेका छन् । श्रेष्ठले त्रिुभवन विश्वविद्यालयबाट व्यवस्थापन विषय, समाजशास्त्र तथा मानवशास्त्र विषय र ग्रामिण विकास ९आरडी०मा स्नाकोत्तर तह उत्तीर्ण गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको