Like us!
Follow us!
Connect us!
Watch us!

थोरै कित्ताले नै घटाउन खोजिदैछ सेयरको मूल्य ?

अर्थ संसार

बुधबार, २० बैशाख २०८०, २० : १३ मा प्रकाशित

थोरै कित्ताले नै घटाउन खोजिदैछ सेयरको मूल्य ?

पछिल्लो समय नेपाली सेयर बजार निरन्तर ओरालो यात्रामा छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्दो क्रममा छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव १८ अंकले घटेर १८ सय ५७ दशमलव २३ विन्दुमा झरेको छ । यस दिन कुल २ सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा जम्मा ६२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसरी हेर्दा कारोबार हुने कित्ता र रकम दुवै घट्दो छ ।

गत वर्ष करिव ३२०० को विन्दुमा पुगी नयाँ ईतिहास बनाएको नेपाली सेयर बजार घटेर यतिबेला १८०० को विन्दुमा झरिसकेको हामीले देख्न सक्छाैँ । यता दैनिक कारोबार रकम पनि २२ अर्ब नाघ्ने गरेकोमा अहिले एक अर्ब पुग्न पनि हम्मेहम्मे छ । 

अहिले नेपाली सेयर लगानीकर्ताहरूकाे मनाेबल निकै खस्किएकाे छ । लगानीकर्ताहरूकाे मनाेबल उकास्न सम्बन्धीत निकायहरूले नीतिगत परिवर्तन गरी बजारमैत्री सकारात्मक माहाेल सृजना गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालका नियमनकारी निकायहरू नै नियन्त्रणकारी बन्दै गएपछि प्रभावित हुन सुरू भएको सेयर बजारले फेरि त्यसरी नै फड्काे मार्न नसकेकाे हामी सबैलाई अवगतै छ । पूँजी बजारमैत्री वातावरण सृजना नहुँदा बजारले सकारात्मक गति लिन सकेकाे छैन । यस्ताे बेलामा सम्बन्धीत निकायहरूले माैद्रिक नीतिकाे समिक्षा, आगामी बजेट लगायतमा पूँजी बजारलाई राम्ररी सम्बोधन गर्ने र नीतिगत परिवर्तन गरेमा लगानीकर्ताहरूको मनोबल बढी बजारमा फेरि रौनकता देखा पर्न सक्छ ।

बजार घटिरहँदा सूचीकृत कम्पनीकाे सेयरमूल्य पनि सस्तिँदै गएकाे हामीले नेप्सेकाे तथ्याङ्कमा देख्न सक्छाैँ । कुनै पनि स्टककाे काराेबार हुने कित्ता कम हुदैँछ गएको छ भने कम कित्ता कारोबार हुँदाहुँदै पनि स्टकको मूल्य भने घटेको देखिन्छ। 

हामीले यहाँ हिजो मंगलबारको तुलनामा आज बुधबार सेयरमूल्य घटेका कम्पनीहरूको विवरण तथ्याङ्कमा उतारेका छौँ । 

बजारको कारोबार रकम नियाल्ने हो भने हरेक दिन कारोबार घट्दै नै गइरहेको छ। लगानीकर्ता अहिले यो मुल्यमा बेच्न तयार नभएको जस्तो देखिन्छ भने किन्न बसेका  लगानीकर्ता पनि थोरै कित्ताले सेयरको मूल्य झारेर किन्ने अझ सस्तोमा किन्ने दाउमा रहेको जस्तो देखिन्छ। बजारमा कारोबार सुस्ताएको छ भने बजार एक तरिकाले भन्ने हो भने निष्क्रिय जस्तै बनेको छ।तर पनि कारोबारको तरिका हेर्ने भने एउटा प्रश्न स्वभाविक उठ्छ "सेयरको मूल्य झारेर सस्तोमा किन्ने दाउमा त कोहि होइन ?"

6452799851327.jpg 64527998b8a6f.jpg 64527998d50a4.jpg 645279994207f.jpg 6452799950750.jpg 6452799967639.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको