Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तको कारोबार फुकुवा

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, १७ : २१ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको कारोबार फुकुवा

नेप्सेले राष्ट्र उत्थान लघुवित्तको कारोबार फुकुवा गरेको छ। 

यस अघि  राष्ट्र उत्थान लघुवित्तले वैशाख १३ को बेलुकी ६:०० बजे बसेको सञ्चालक समितिको बैठको जानकारी नेप्सेमा वैशाख १९ गते त्यो पनि  कारोबार समयमा गराएको हुनाले उक्त कम्पनीको कारोबार नेप्सेले रोक्का गरेको थियो। 

उक्त बैठकले लाभांस सम्बन्धि पनि निर्णय गरेको थियो। 

नेप्सेले कम्पनीलाई नेप्सेले चित्त वुझ्दो कारण सहितको स्पष्टिकरण ३ दिन भित्र पेस गर्न निर्देशन दिएको थियो । सोही बमोजिम त्यस कम्पनीले वैशाख २० गते नेप्सेमा सुचना प्रवाह सम्वन्धि गलत बुझाईका कारण समयमा जानकारी गराउन नसकिएकाले सो त्रुटीको क्षमायाचना सहित आगामी दिनमा यस्तो गल्ती नदोहोराउने प्रतिबद्धता पत्र पठाएपछि नेप्सेले कारोबार फुकुवा गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको