Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांस पारित हुने

अर्थ संसार

शुक्रबार, २२ बैशाख २०८०, ११ : ०० मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांस पारित हुने

नेशनल लाईफ इन्स्योरेन्सले आफ्नो ३५औं वार्षिक साधारण सभाको आवहान गरेको छ।  

नेप्सेमा कम्पनीले गराएको जानकारी अनुसार नेशनल लाईफको वैशाख २१ गते बिहिबार बसेको बैठकले कम्पनीको साधारण सभा जेष्ठ २२ गते सोमवार ,बिहान १० ३० बजे, नेशनल लाईफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बोलाउने निर्णय गरेको हो। 

साधारणसभामा आ.व २०७८ /०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ,आर्थिक वर्ष २०७८ र ०७९ को वासलात, आय(व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७९ र ०८० को लागि लेखापरीक्षक नियुक्ति एवम् वर्ष २०७९/०८० पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी ४,६४,०४,३१,८७५/- मा ६.५% दरले रु ३०,१६,२८,०७२/- नगद लाभांश पारित गर्ने  र  ८% बोनस सेयरको रुपमा लाभांश रु३७,१२,३४,५५०/- प्रदान गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पनि अगाडी सरेको छ। तेस्तै बोनस शेयर वापतको कर प्रयोजनको लागि रु १,९५, ३८,६६१/- नगद लाभांश स्विकृत गर्ने प्रस्ताव पनि अगाडी सारिने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज मितितय गरेको छ।  अर्थात जेठ १० गते कायम रहेका सेयरधनीले मात्र बोनस प्राप्त गर्न र साधारणसभामा भाग लिन पाउने छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको