यस साता सेयर बजारमा गिरावट देखियाे । साताकाे पहिलाे दिनबाटै घट्न सुरू भई अन्तिम काराेबार दिनसम्म आइपुग्दा भने थाेरै बढ्याे । एक दिन सार्वजनिक बिदा परेका हुनाले यस साता ४ दिन मात्रै दाेश्राे बजार खुलेकाे थियाे । ४ काराेबार दिनमा ३ दिन नेप्सेले ओरालो यात्रा तय गरी एक दिन बढेकाे हाे ।
यस साता सेयर काराेबार मापक नेप्से परिसूचक २० दशमलव ०२ अंकले घटेर १८ सय ६९ दशमलव ७३ विन्दुमा झरेको छ । नेप्से परिसूचक १.०६ प्रतिशतले घटेकाे हाे ।
अर्थ संसारकाे साप्ताहिक कार्यक्रम बजारकाे चिरफारकाे यस साताकाे श्रृङ्खलामा यस साताकाे सेयर बजारकाे सम्रग विश्लेषण र आगामी साताकाे सेयर बजारका रणनीति लगायतका कुरा समेटिएकाे त छँदैछ । यस बाहेक पनि बजेट, माैद्रिक नीतिकाे समिक्षा र समग्र अर्थतन्त्रकाे समते विशेष विश्लेषण गरिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस