Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीले चिट नकाट्ने सहमतिपछि ट्याक्सी व्यवसायीको आन्दोलन स्थगित

अर्थ संसार

आइतबार, २४ बैशाख २०८०, १६ : ०७ मा प्रकाशित

प्रहरीले चिट नकाट्ने सहमतिपछि ट्याक्सी व्यवसायीको आन्दोलन स्थगित

आन्दोलित ट्याक्सी व्यवसायी र काठमाडौं महानगरपालिका बिच मौखिक सहमतिपछि आन्दोलत स्थगित  भएको छ । एक महिना भित्र हाम्रो सवै माग पुरा गर्ने मौखिक बाँचा महानगरले गरेपछि अहिलेलाई हाम्रो आन्दोलन स्थगित भएको उत्पत्यका ट्याक्सी विशेष समितिको उपाध्यक्ष  मिलन राईले अर्थ संसारलाई जानकारी गराए । 

वार्तामा पहिलैको ट्याक्सी पार्किङ स्टेशनमा पार्किङ गर्न दिने, पहिलेकै पार्किङ स्टेशनमा पार्किङ गर्दा ट्रोफिक प्रहरीले चिट नकाट्ने लगायतका मागहरु पुरा गर्ने मौखिक सहमति भएको उपाध्यक्ष राईले बताए । राईको अनुसार काठमाडौं नगरपालिका भित्र १ सय ५१ ठाउँमा ट्याक्सी पार्किङको स्टेशनको लागि समितिले नगरपालिकालाई एक महिना अघि नै पत्र बुझाईसकेको छ । 

ट्याक्सी पार्किङको स्टेशनमा राखिएका स्ट्याण्डहरु धमाधम काठमाडौं महानगर पालिकाले उठाएपछि ट्याक्सी व्यवसायीहरुले महानगरपालिकाको गेटमा ट्याक्सी पार्किङ गरेर आन्दोलन गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको