Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस छाड्ने तयारीमा गगन ! रास्वपा प्रवेशको सम्भावना र स्वर्णिमको साथ ?

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, ०८ : ३६ मा प्रकाशित

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफु पार्टीसँग असन्तुष्ट रहेको व्यक्त गरेका छन्। उनले हिजो आइतबार सामाजिक सञ्जालमा आफूले अब विद्रोहको तयारी गरिरहेको लेखेका छन्।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो ’

उनले आफ्नो सामाजिक सञ्जालमा यस्तो किसिमको स्ट्याटस लेख्नुले कांग्रेस भित्र संशय पैदा भएको छ । के उनी रास्वपा प्रवेश गर्ने सोचमा त होइन रु भन्ने जस्ता प्रश्न तेर्सिएको छ ।

यसो हेर्दा गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीको राम्रो सम्बन्ध छैन । तर, गगनलाई रास्वपासँग जोड्ने कडी भनेको हालै रास्वपा प्रवेश गरेका डा। स्वर्णिम वाग्ले हुन् सक्छन। गगन थापा र डा। स्वर्णिम वाग्लेको एकदम नजिकको सम्बन्ध छ। थापा वाग्लेलाई निकै रुचाउँछन् । वाग्लेलाई कांग्रेसभित्र अघि बढाउन चाहन्थे गगन । उनका नजरमा वाग्ले सम्भावना बोकेका एक प्रिय साथी र विज्ञ हुन् । के वाग्लेलाई रास्वपा प्रवेश गराउन गगन कै हात थियो ।

प्रतिनिधिसभाको चुनाबमा आफ्नो निर्वाचन क्षेत्र सम्म वाग्लेको निम्ति छाड्न तयार थिए थापा। तर उनीहरुले असहज अवस्था भोगे जब कांग्रेस त्यागेर स्वर्णिम ९रास्वपा० बाट तनहुँ–१ को उप चुनावमा उम्मेदवार बने र देउवाले कांग्रेस पार्टीका उम्मेदवारलाई जिताउने अभियानमा गगनलाई अगाडी सारे।

त्यसबेला यी दुबै बीच घोचपेच पनि भयो र आमसभामा गगनले स्वर्णिम विरुद्ध अभिव्यक्ति दिए ‘मैले विदेशमा बसेर यो गरेर आएको, यत्तिको जागिर छोडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्यो, भन्दै थापाले भनेका छन्, “मैले त जागिर नखाएको, तिमिले त खाएर छोडेर आएको।”

 “मलाई त भन्न मन लाग्छ, तिमि त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो, म त त्यो बेलामा सडकमा लडेर बसेको हो, छातीमा ढुङ्गा खाएर बसेको हो। विदेश जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन।”

उनका ती आक्रोशपूर्ण टिप्पणीले यी दुइको सम्बन्धमा दरार आएको सम्म व्याख्या भयो। तर यो दरार होइन आत्मीयताको चित्त दुखाई थियो। गगनलाई लागेको हुनसक्छ स्वर्णिमले यस्तो निर्णय गर्दा सम्म उनीसँग सल्लाह पनि गरेनन।

अब गगनलाई सभापति शेरबहादुर देउवा स्वर्णिम मात्र होइन आफ्नो पनि राजनीतिक बाटोमा कठोर तगारो बनेको भन्ने ठहरमा पुगेको बुझाई हुनसक्छ।

दुबै मिल्ने साथी  

‘गगन थापा मेरो साथी मात्र होइनन्, उनी मेरो नेता पनि हुन्,’ वाग्लेले भने,  ‘उनी यो देशको प्रधानमन्त्री चाँडै नै बन्नुपर्छ भन्ने मत राख्ने मान्छे हुँ।’युथ कांग्रेसले आयोजनामा गरिएको कार्यक्रममा बोल्दै स्वर्णिमले कुनै बेला भनेका थिए।

यो समाचार तयार पार्दासम्म गगनको फेसबुक स्टाटसमा १८ घण्टाको अवधिमा झण्डै साढे ७ हजार भन्दा बढी प्रतिक्रियाहरु आएका छन् । फेसबुक प्रयोगकर्ताहरुले मिश्रित प्रतिक्रिया दिए पनि अधिकांशले महामन्त्री थापालाई पार्टी फुटाउन सुझाए । के उनले पार्टी फुटाएर रास्वपामा त जाने योजना बनाइरहेका छन् भन्ने प्रश्न उठ्न थालेको छ ।

संकटको घडीमा गुज्रिरहेको कांग्रेस रुपान्तरणका लागि महामन्त्री थापाले कस्तो कदम चाल्छन् भन्ने चासो चौतर्फी बढेको छ। किन आयो त उनको निराशा र चेतावनीमिश्रित अभिव्यक्तिहरु ?

कांग्रेसमा सभापति शेरबहादूर देउवा र उनकी पत्नी आरजू राण देउवाको बर्चस्व छ । उनीहरुले आफू निकट व्यक्तिहरुलाई निकै प्राथमिकता दिने गर्दछन् ।  गगन महामन्त्री बन्नु पनि देउवा समूहका लागि चूनौति नै थपियो । गगनको महामन्त्रीमा इन्ट्रीले कांग्रेस भित्र नै विभिन्न आलोचना हुन थाल्यो । शेखर समूहका खम्बा मानिने गगनलाई उनले दिएका अभिव्यक्ति पछि देउवा समूहले एक्लाउने प्रयास गरिरहेको छ । गगनलाई कांग्रेसको सम्भावित भावी नेतृत्वका रूपमा हेरिँदै आएको थियो । जब उनकै कुरा मतदाताले पत्याउन छोडे, उनी नै कमजोर र फिका देखिए भने कांग्रेसलाई भविष्यमा कसले जोगाउला वा कांग्रेस अझै कमजोर हुँदै जाला रु भन्ने प्रश्न उठ्न थालेको छ । उपनिर्वाचन पछि कांग्रोस भित्र गगन दविदै गइरहेको बुझिन्छ । पार्टीका हाइकमाण्डले उनको विकल्प कतै खोजिरहेका त छैनन्रु

कांग्रेस छाड्ने तयारीमा गगन !! रास्वपा प्रवेशको सम्भावना र स्वर्णिमको साथ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको