Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ महानगरपालिकालाई दिनुहोस सुझाव : esuggestions.kathmandu.gov.np मार्फत

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, ०८ : २० मा प्रकाशित

काठमाडौँ महानगरपालिकालाई दिनुहोस सुझाव : esuggestions.kathmandu.gov.np मार्फत

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष  २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव सङ्कलन संयन्त्र   प्रयोगमा ल्याएको छ ।   

उक्त संयन्त्रको प्रयोग अनलाइनमार्फत गर्न सकिने छ । कामपाको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला र? कस्ता कार्यक्रम राख्नु पर्ला ? बजेटमा  कस्तो किसिमको  व्यवस्था गर्नुपर्ला र? लगायत विषयक छनोट गरिएको कामपाका सूचना अघिकारी वसन्त आचार्यले जानकारी दिए ।  

नागरिकको परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाको विवरण जेठ ९ गतेभित्र पठाइसक्नु पर्ने आचार्यको भनाइ छ । सुझाव [email protected] मा वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर उपलब्ध गराउन सकिनेछ । 

कामपाले तोकेको विषयमा सुझाव दिनका लागि http://esuggestions.kathmandu.gov.np ठेगानाबाट सुझावसम्बन्धी जानकारी दिने पेजमा पुगिन्छ । यो पेजमा कार्यक्रमसम्बन्धी सामान्य जानकारी, सुझाव पृष्ठमा जाने बटम छ । पेजमा राखिएका विभिन्न  शीर्षकमा कति वटा सुझाव प्राप्त भए भन्ने विवरण यही पृष्ठमा हेर्न सकिन्छ । 

कार्यक्रम (बजेट) मा सुझाव दिनुहोस् र नीति निर्माणमा सुझाव दिनुहोस् गरी दुई वटा बटम छन् । यी बटममा छानेर आफूलाई इच्छा भएको शीर्षकमा सुझाव दिन सकिन्छ । त्यहाँ भएका सबै वा आफूलाई आवश्यक भएको शीर्षकमा सुझाव दिन सकिनेछ । 

सुझावका लागि कामपाले भौतिक पूर्वाधार ९सडक÷ढललगायत पूर्वाधार० मर्मत, सम्भार तथा पुनःनिर्माण, यातायात तथा सहरी गतिशीलतासँग सम्बन्धित योजना, शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य प्रवर्द्धन केन्द्र र आधारभूत स्वास्थ्य सेवा तथा बीमा भवन निर्माण र इजाजत, फोहरमैला व्यवस्थापन सङ्कलन, ढुवानीलगायतको विषय छनोटका लागि राखिएको छ ।  

त्यसैगरी पुनःनिर्माण, विद्युतीय शासन प्रणाली, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति विशेष कार्यक्रम, सहकारी दर्ता, नवीकरण तथा नियमन, कानून तथा मानवअधिकारअन्तर्गत  न्यायिक प्रणाली, कृषि तथा पशु बजार व्यवस्थापनलगायत छन ।  

बधशाला, चिस्यान गृह भण्डारण, विपद् पूर्वतयारी, आपत्कालीन सेवा, चमती मनोहरा जग्गा एकीकरण आयोजना, राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सम्बन्ध र आपसी सहयोगजस्ता विषय रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको