Like us!
Follow us!
Connect us!
Watch us!

१०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारीमा छ्याङदी हाइड्रो, आज साधारण सभा हुँदै

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, १० : ५१ मा प्रकाशित

१०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारीमा छ्याङदी हाइड्रो, आज साधारण सभा हुँदै

छ्याङदी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर (राइट सेयर) निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आज (बैशाख २८ गते) अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बस्दैछ ।

कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेण्डा पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभाबाट पारित भएको ४० प्रतिशत हकप्रद सेयर प्रस्ताव रद्द गरेर हाल कायम चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबाट १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

साधारण सभा गर्न कम्पनीले आइतबार वैशाख १७ गते बुक क्लोज गरेको हुदाँ वैशाख १६ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको