Like us!
Follow us!
Connect us!
Watch us!

बजार बुल चरणको तयारीमा, आत्तिएर सेयर नबेच्नुस् : एसपी चौलागाईँ

निशा हुमाँगाई

शुक्रबार, २९ बैशाख २०८०, ०८ : ०८ मा प्रकाशित

बजार बुल चरणको तयारीमा, आत्तिएर सेयर नबेच्नुस् : एसपी चौलागाईँ

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । २१ महिनादेखि बजार लगातार घटिरहँदा लगानीकर्ताहरू प्यानिक बनिसकेका छन् । यही सन्दर्भमा हामीले एक साताभरी बजारका अनुभवी लगानीकर्ता एवमं विश्लेषकहरूसँग सेयर बजारको पछिल्लो अवस्था र लगानीकर्ताहरूले चाल्नुपर्ने कदमबारे कुराकानी गर्ने भएका छौँ ।

यसअघि हामीले नेपाली पूँजी बजारका पुराना एवंम अनुभवी लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार र नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग कुराकानी गरेका थियौँ । आज भने हामीले बजारका अनुभवी लगानीकर्ता एसपी चौलागाईँसँग कुराकानी गरेका छौँ ।

अहिलेको सेयर बजारलाई कुन अवस्थामा देख्नु भएको छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने,” यतिबेला बजार एकुमुलेसन स्टेजमा छ । अहिलेको बजार कोभिडको समयमा लकडाउन हुँदाको अवस्थामा जस्तै प्राक्टीकल्ली एकुमुलेसनको स्टेजमा छ । अहिले स्थिती पनि बुल चरणको तयारीमा तल बसेर कलेक्सन भइराखेको हो । भन्नुपर्दा मेरो विचारमा अहिलेको बजार भनेको एउटा गाडीमा फ्युल भरिराखेको अवस्था हो फ्युलको ट्याङ्की भरिएपछि गाडी गुड्ने तयारीमा छ ।“

अहिलेको अवस्थामा विशेषगी साना लगानीकर्ताहरूले के गर्दा उपयुक्त होला ? भन्ने प्रश्नमा लगानीकर्तालाई सुझाव दिँदै उनले भने,  “साना लगानीकर्ताहरूले यो समयमा आत्तिएर सेयर बेच्ने होइन । ठूला लगानीकर्ताहरू अहिले साना लगानीकर्ताहरूलाई नै थाहा नहुने गरी साना कित्तामा सेयर किनिरहेका छन् । साना लगानीकर्ताहरूले ठूलो इन्भेष्टरनै छैनन् भनेर आत्तिएर साना साना टुक्रामा सेयर बेचिरहेका छन् तर ठूला इन्भेष्टरहरूले थोरै थोरै संख्यामा कलेक्सन गरिराखेको अवस्था छ । मौद्रिक नीति आउँदै छ । आउने मौद्रिक नीति र बजेट भाषणमा पूँजी बजारको लागि राम्रो सम्बोधन हुनेवाला छ । अबको मार्केट भनेको बढीमा अढाई तीन महिनाभित्र मार्केटले राम्रो गति लिने स्थिती देखिन्छ । बजारमा मार्केट यहाँ भन्दा तल्लो विन्दुमा जान्छ भन्ने हल्ला चलाई चलाई सेयर किनीराखेको स्थिती हुनाले साना लगानीकर्ताहरूले पनि आफूसँग पैसा छ भने सक्दा किन्नुस् र  नसक्दा आत्तिएर नबेच्नुस्, होल्ड गर्नुस् ।“

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको