Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति समिक्षामा सेयरको 'स' पनि उल्लेख भएन, सन् २०२३ भरि नै कडा मौद्रिक नीति कायम रहने

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १२ : ४३ मा प्रकाशित

मौद्रिक नीति समिक्षामा सेयरको 'स' पनि उल्लेख भएन, सन् २०२३ भरि नै कडा मौद्रिक नीति कायम रहने

राष्ट्र बैंकले शुक्रबार प्रकाशन गरेको मौद्रिक नीति समिक्षामा सेयर बजारको बारेमा एक शब्द पनि कहिँ कतै उल्लेख गरिएको छैन। सरकार, निजि क्षेत्र तथा लगानीकर्ताहरुले तेश्रो त्रैमासिक समिक्षामार्फत राष्ट्र बैंकले सेयर बजारका केहि विषयहरुलाई समेट्ने अपेक्षा गरे तापनि राष्ट्र बैंक ति विषयहरुमा मौन देखिएको छ। विशेषगरी सेयर धितोकर्जाको जोखिम भारलाई १५०% बाट १००% मा झार्नुपर्ने र १२ करोडको सिमा हटाउनुपर्ने माग लगानीकर्ताहरुको रहेको थियो। तर सो विषयलाई राष्ट्र बैंकले सम्बोधन गरेन।  

त्यस्तै अर्थतन्त्रको अन्तराष्ट्रिय स्थितिका बारेमा उल्लेख गर्दै राष्ट्र बैंकले मुद्रास्फीति विश्वस्तरमै अझै उच्च रहेकाले सन् २०२३ भरि नै कडा मौद्रिक नीति कायम रहने देखिएको बताएको छ। 'सजगतापूर्वक केहि लचिलो नीति' लिएको बताएको राष्ट्र बैंकले अझै केहि समय बजारले खोजेजस्तो लचिलो नीति लिन नसक्ने र अन्तराष्ट्रिय स्तरमा मुद्रास्फीति घटेपछि मात्रै लचिलो नीति लिनसक्ने संकेत गरेको छ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको