स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गशेण कार्कीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केही सुधारका कार्यक्रमहरु समवेश भएको बताएका छन् । मौद्रिक नीति पछि अर्थ संसारसँग संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष कार्कीले केही सुधार गर्न खोजेको जस्तो देखिएको बताएका हुन् ।
ब्याजदर र आईपीपीएलको कुरामा केही संवोधन गर्न खोजेको उनको भनाइ छ । मौद्रिक नीतिमा ऊर्जा उत्पादन क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज पुँजीकरणसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भएको छ । जलविद्युत तथा दीर्घकालीन ऊर्जा परियोजनाहरूमा लगानीलाई प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको हो ।
यस्ता व्यवस्थाहरुमा गरिएको सुधारलाई सकारात्मक रुपमा लिनु पर्ने उनले बताए । त्यस्तै मौद्रिक नीतिले ऊर्जा क्षेत्रमा भन्दा अन्य क्षेत्रमा धेरै कुरालाई सम्बोधन गरेको उनको भनाइ छ । यस अघिका मौद्रिक नीति भन्दा यो पटकको मौद्रिक नीतिले धेरै कुरालाई समेटेको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस