नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मौद्रिक नीतिले केही सकारात्मक कुरा ल्याएको बताएका छन् । आगामी मौद्रिक नीति सार्वजनिक पछि अर्थसंसारसँग कुरा गर्दै उनले सकारात्मकै नै मान्नु पर्ने बताएका हुन् ।
मौद्रिक नीतिले सेयर कर्जाको सीमा १५ करोड बाट २५ करोड पुर्याइएको र मुद्रास्फिति पनि ५.५ प्रतिमा कायम गर्ने र आर्थिक वृद्धिदर ६ प्रतिशत गर्ने भनिएको छ । तर त्यसका लागि कसरी काम हुन्छ भन्ने हेर्न बाँकी रहेको उनको भनाइ छ । निजी क्षेत्र मैत्री मौद्रिक नीति आएको होकि भन्ने जस्तो देखिएको उनको भनाइ छ ।
सरल र सहज बनाउने भनिएको छ । यसलाई सकारात्मकै रुपमा नै हेर्नु पर्ने उनको भनाइ छ । मध्यपहाडी र करिडोरमा उद्योग खोल्दा ३ कारोडसम्मको लगानीमा बेसरेटमा २ प्रतिशत प्रिमियम थपेर कर्जा दिने कुरा पनि सकारात्मक रहेको उनले बताए । यसलाई पनि सकारात्मक रुपमा हेर्न सकिने उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस