Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति केही लचिलो आयो, केही सुधार भए पनि अर्थतन्त्र पुरै सुधार हुन सक्दैन : अर्थविद् अधिकारी

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १३ : ३४ मा प्रकाशित

मौद्रिक नीति केही लचिलो आयो, केही सुधार भए पनि अर्थतन्त्र पुरै सुधार हुन सक्दैन : अर्थविद् अधिकारी

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीति आंशीक रुपमा लचिलो आएको अर्थविद् डा. चन्द्रमणी अधिकारीले बताएका छन् । मौद्रिक नीति पछि अर्थ संसारलाई संक्षिप्त प्रतिक्रिया दिदै अर्थविद् अधिकारीले केही लचिलो व्यवस्था गरिएको बताएका हुन् । 

मौद्रिक नीतिले बैंकको आधारदर कटौति गरिएको, सेयर धितो कर्जाको सीमा बढाएको अवस्थामा केही सकारात्मक प्रभाव पर्ने भए पनि पूर्ण रुपमा अर्थतन्त्र लयमा आउने अवस्था भने नरहेको उनले बताए । ‘यो नीतिका कारण कर्जा बढ्छ कि बढ्दैन भन्ने मुख्य कुरा हो । नीति हेर्दा केही लचिलो भने आएको छ,’ उनले भने । अन्य अवस्थामा सुधार नभएसम्म मौद्रिक नीतिले मात्रै अर्थतन्त्र पुरै सुधार हुने सम्भावना नरहेको उनको भनाइ छ । 

मौद्रिक नीतिले ऋण तिर्न नसकेर कालोसूचीमा परेकाहरुलाई बाहिर ल्याउने खालको कुनै पनि योजना अघि नसारेको उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको