Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका गभर्नर भन्छन: साउनमा आउने मौद्रिक नीतिमार्फत सेयर बजारका इस्युहरु सम्बोधन गर्छौं

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १५ : ४२ मा प्रकाशित

राष्ट्र बैंकका गभर्नर भन्छन: साउनमा आउने मौद्रिक नीतिमार्फत सेयर बजारका इस्युहरु सम्बोधन गर्छौं

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  साउनमा आउने नयाँ आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारका इस्युहरु समेटिने बताएका छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समिक्षा पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले क्यापिटल मार्केटका विषयहरु सम्बोधन गर्न राष्ट्र बैंक तयार रहेको बताएका हुन्।  

सुरुमा पत्रकारहरुले सेयर बजारलाई समिक्षामामार्फत किन सम्बोधन गरिएन भनेर सोद्धा उनले जवाफ दिन चाहेका थिएनन। यो विषयलाई क्लियर पारिदिनुपर्यो भन्दै अर्थसंसारकर्मीले जोडतोडका साथ प्रश्न उठाईसकेपछि बल्ल गभर्नर बोल्न तयार भए। 

विशेषगरी सेयरको मूल्य बढेर माथि पुगिसकेपछि धेरै रिस्क हुने हुँदा रिस्क वेटेज बढाउने र सेयरको मूल्य घटेर तल्लो बिन्दुमा आईसकेपछि सेयर धितोकर्जाको जोखिमभार घटाउने राष्ट्र बैंकको ट्रेण्ड रहँदै आएको थियो। अहिले सेयरको मुल्य निकै तल आईसकेको हुँदा अब  जोखिमभार लाई १५०% बाट घटाएर तल ल्याउने बेला भएन र भन्ने प्रश्नको जवाफमा गभर्नर अधिकारीले यो मौद्रिक नीतिको समिक्षा मात्रै भएको र आवश्यकता अनुसार बाँकी इस्युहरु आउने मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने बताए।  

'करिब ३ दर्जन धितोपत्र ब्रोकरहरुले कर्जाको स्वीकृति पाईसकेका छन्, अन्तराष्ट्रिय बजारहरुमा मार्जिन लेण्डिङ्गको अभ्यास छ; हामी पनि त्यसरी नै अघि बढ्नुपर्छ। त्यसमा धितोपत्र बोर्डसंग पनि हामीले कन्सल्टेसन गरिरहेका छौं। अन्य विषयहरुमा घनिभूत छलफल गरेर आउने मौद्रिक नीतिमार्फत सम्बोधन गर्नेछौं।' गभर्नर अधिकारीले भने।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको