Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १० : ३८ मा प्रकाशित

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।  

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ ।-रासस 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको