Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई प्राप्ती गरेपश्चात सोमबारदेखि एकिकृत कारोबार शुरु

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १२ : ०३ मा प्रकाशित

प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई प्राप्ती गरेपश्चात सोमबारदेखि एकिकृत कारोबार शुरु

प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ती गरेको छ । प्राप्ती गरेपश्चात आज (सोमबार) देखि ‘प्रभु क्यापिटल लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो । 

यी दुबै क्यापिटलको वैशाख ९ गते बसेको छुट्टाछट्टै विशेष साधारण सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख २६ गते पत्र पठाउँदै सेञ्चुरी क्यापिटललाई प्राप्ती गरी सम्पूर्ण सम्पति र दायित्व सकार्ने गरी प्रभु क्यापिटलको नाममा एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो । 

प्रभु बैंकले सेञ्चुरी  बैंकलाई एक्वायर गरी एकीकृत कारोबार सुरु गरिसकेका कारण सहायक कम्पनीहरु पनि एक भएका हुन् ।-Photo By: Sujeep Bajracharya

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको