नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राजनीतिमा शक्ति सन्तुलनजस्तै अर्थतन्त्रमा पनि ‘चेक एण्ड ब्यालेन्स’ आवश्यक रहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनको आयोजनामा बालुवाटारमा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति र समाधानको भावी कार्यदिशा विषक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले बनाउने बजेट र नीति कमजोर भए मौद्रिक नीतिले मात्रै सुधार गर्न नसक्ने समेत बताए । ‘मौद्रिक नीति सञ्चालनका लागि स्वायत्तता पनि चाहिन्छ,’ उनले भने, ‘राजनीतिमा शक्ति सन्तुलनजस्तै यतातिर पनि चेक एण्ड ब्यालेन्स आवश्यक छ।’
गभर्नर अधिकारीले अहिलेको समस्या सार्वजनिक बित्ततिर बढि भएको भन्दै विगतमा राजनीतिक व्यवस्थाका लागि काम गर्नु परेका कारण आर्थिक क्षेत्रमा समस्या आएको बताए।
‘राजस्व बढाउनु पर्नेछ, भन्सारमा सुधार गर्नु पर्ने देखिन्छ। वास्तविक क्षेत्रमा हामीले ध्यान दिनै पर्छ। औद्योगिक क्षेत्र घोषणा भयो तर त्यो अगाडि बढ्न सकिरहेको छ। उद्योग खोल्न कसैले खोज्दा ठाउँ देखाउन सक्नु पर्छ,’ उनले भने, ‘धेरै काम गर्नु पर्ने छ। अलिकति हामीले अर्थतन्त्रको पुनर्संरचना गरेर जानु पर्नेछ।’-File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस