प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ३ लाख ५१ हजार ८१७ कित्ता संस्थापक समूहको सेयर आज जेठ ३ गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
मूल्य कति ?
उक्त सेयरकाे न्यूनतम मूल्य एक सय ३० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
कहिलेसम्म दिने आवेदन ?
आज जेठ ३ गते, बुधबारबाट बिक्री खुल्ला गरिएको उक्त लिलामी सेयरमा जेठ १७ गतेसम्म आवेदन दिन पाइनेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्यूनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले बैंककाे सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस