Like us!
Follow us!
Connect us!
Watch us!

माईखोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, १० : ४८ मा प्रकाशित

माईखोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

माईखोला हाइड्रोपावरले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । धितोपत्र दोस्रो बजारमा जेठ २ गते सूचीकृत भएको कम्पनीले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । 

सेयर रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका सेयरधनीहरूको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ । यस कम्पनीको धितोपत्र दोस्रो बजारमा ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सूचीकृत रहेको छ । 

कम्पनीले सर्वसाधारणमा वैशाख ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्कासन गरी बैशाख १९ गते बाँडफाँड गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको