लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गते, मंगलबारबाट ऋणपत्र निष्कासन गर्ने भएकाे छ ।
बैंकले १० वर्ष अवधि भएकाे वार्षिक ११ प्रतिशत व्याज भएकाे "एलबीबीएल डिबेन्चर २०८९" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकाेमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी काेषका लागि छुट्याइएकाे छ ।
कति दिने आवेदन ?
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
जेठ १६ गते, मंगलबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा जेठ १९ गते र ढिलोमा जेठ ३० गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।
को हो बिक्री प्रबन्धक ?
बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरूले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस