Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्स्चेञ्जका लागि आवेदन दिएका कम्पनीका नाममा १५ दिने सूचना जारी

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, ११ : ४३ मा प्रकाशित

नयाँ स्टक एक्स्चेञ्जका लागि आवेदन दिएका कम्पनीका नाममा १५ दिने सूचना जारी

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ स्टक एक्स्चेञ्जका लागि आवेदन दिएका दुई वटा कम्पनीका नाममा सार्वजनिक सूचना जारी भएको छ । नयाँ स्टक एक्स्चेञ्जका लागि आवेदन दिएका नेसनल स्टक एक्स्चेञ्ज र अन्नपूर्ण एक्स्चेञ्जका नाममा १५ दिने सूचना गोरखापत्रमा प्रकाशित भएको हो । 

प्रकाशित सूचनामा भनिएको छ:

उप्रान्त निवेदक शिखर बिजनेस म्यानेजमेन्ट कम्पनी प्रा.लि ले तपाईंहरू उपर दिएको उत्प्रेषण, परमादेशको निवेदनमा तपाईंहरूका नामको म्याद तामेल हुन नसकेको हुँदा यस अदालतको मिति २०८०/२/१ को आदेश बमोजिम तपाईंहरूको नाममा पुनः म्याद /सूचना पत्रिकामा प्रकाशन गरिएको छ । प्रकाशन भएको मितिले बाटाको म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र आफैँ वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत यस अदालतमा लिखित जवाफ लिई उपस्थित हुनुहोला। उपस्थित नभई म्याद गुजारी बसेमा प्रस्तुत मुद्दा कानून बमोजिम हुनेछ। साथै मिति २०८०/२/६ गतेको अन्तरिम आदेशको सम्बन्धमा छलफल पेसीको तारेख तोकिएको हुँदा सो दिन दिनको १० बजे उपस्थित हुनुहुन समेत जानकारी गराइन्छ ।

तपसिल
१. प्रस्तावित नेसनल स्टक एक्सचेन्ज अफ नेपालका प्रतिनिधि एवं लगानी कर्ता श्री जीवनाथ लामिछाने, धुम्बराही, काठमाडौँ, (०१- ४३७२८२८, ९८५१०२५५०९)

२. प्रस्तावित अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधि एवं लगानी कर्ता श्री रामेश्वर थापा, कर्पोरेट टावर, तीनकुने, काठमाडौं


 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको