Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले धितोपत्र बोर्डमा स्वच्छ छविको मान्छे ल्याउनुपर्छः वर्षमान पुन

अर्थ संसार

विहीबार, २४ साउन २०८१, २२ : ०८ मा प्रकाशित

सरकारले धितोपत्र बोर्डमा स्वच्छ छविको मान्छे ल्याउनुपर्छः वर्षमान पुन

पूर्व अर्थमन्त्री वर्षमान पुनले नँया सरकारले धितोपत्र बोर्डमा स्वच्छ छविको मान्छे ल्याउनुपर्ने बतमएका छन् । आज बसेको अर्थ समितिको बैठकमा बोल्दै पूर्व अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । 

‘दुई ठूला दल मिलेर गठन भएको सरकारले धितोपत्र बोर्डमा स्वच्छ छविको मान्छे ल्यानुपर्छ,’ पुनले भने । अन्यथा नयाँ र साना लगानीकर्ता ठगिनेमा उनको जोड छ ।

आफू अर्थमन्त्रालयमा हुँदा धितोपत्र बोर्डमा ‘प्रोफेसनल’ व्यक्ती ल्याउनका लागि लविइङ गरेको पुनको भनाई छ । 

‘धितोपत्र बोर्डमा म्याच फिक्सिङ नगरेरै अध्यक्ष छानौं भन्नेमा म थिए,’ पुनले थपे, ‘अहिले हामि प्रतिपक्षी दलको भूमिकामा छौं । अब कुनै लेनदेन नभईकन बोर्डको अध्यक्षमा निष्पक्ष मान्छे आउनुपर्छ ।’
निष्पक्षरुपमा अध्यक्ष छानिएर आएमा प्रतिपक्षी दलले विरोध नगर्ने बताउँदै उनले चलखेल भएमा विरोध गर्ने समेत बताए ।

यस्तै उनले सेयर बजारमा केही कम्पनीको सेयर  मूल्य चलखेल गरिएको समेत बताएका छन् ।

‘सेयर बजार माथि पुगेको छ । यसमा हामि सबै खुसी नै हुनुपर्छ । सेयर बजारमा ६० लाखभन्दा बढी लगानीकर्ता छन्,’ उनले भने, ‘बेलाबेला घट्दा चिन्ता पनि थियो । र अहिले बढ्दा सबै खुसी हुन्छन् नै ।’ तर बढ्नुमा कारण रहेको उनको भनाई छ ।  यस्तै यसपटकको सरकारलाई नेपाल राष्ट्र बैंकको सहयोग रहेको समेत पुनको भनाई छ । ‘यसपटक केन्द्रीय बैंकले अर्थमन्त्रालयसँग तादाम्यता मिलाएको छ,’ उनले भने, ‘तर गर्भनरले शेरबहादुर देउवा नेतृत्वको सरकार र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सहयोग गर्नुभएको थिएन ।’

यद्यपी आफ्नो विचार मिल्ने भएकाले प्रधानमन्त्रीमा केपीशर्मा ओली र अर्थमन्त्रालयमा विष्णुप्रसाद पौडेल आउँदा गर्भनर महाप्रसाद अधिकारीले खुकुलो नीति लिएको पुनको भनाई छ । ‘सोहीकारण, यसपटक वित्त नीति र मौद्रिक नीतिको तालमेल मिलेको छ,’ पुनले भने ।

यसबाहेक नांगो आँखाले हेर्दा घाटामा चलेका कम्पनीको प्राथमिक सेयर जारी गरेर सेयर मूल्य माथि पुर्याइएको पुनको भनाई छ । ‘यो सरकारले हेर्नपर्छ । जनताले बुझ्दैन । यसलाई नियामकले हेर्नुपर्छ र जनप्रतिनिधिले हेर्नुपर्छ,’ पुनले थपे, ‘अहिले अस्वभाविक देखिन्छन् ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको