Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले ११ महिनापछि पायो नेतृत्व, बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

अर्थ संसार

सोमबार, १० मंसिर २०८१, १८ : ४६ मा प्रकाशित

धितोपत्र बोर्डले ११ महिनापछि पायो नेतृत्व, बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

११ महिनादेखि अध्यक्षविहीन रहेको नेपाल धितोपत्र बोर्डले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्षका रुपमा पाएको छ ।   सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको छ ।

यसअघि, आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो । उनीहरूमध्येबाट मन्त्रिपरिषद्ले सन्तोषनारायणलाई नियुक्त गरेको हो । अन्ततः मन्त्रिपरिषद्ले सन्तोष नारायण श्रेष्ठलाई यो जिम्मेवारी दिने निर्णय गरेको हो ।

बोर्डको अध्यक्षका लागि आवेदन दिएकामध्ये पाँचजना सर्टलिस्टमा परेका थिए । उनीहरूमध्ये सन्तोषनारायण र मुक्तिको गत असार २ गते नै अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो ।

बाँकी रहेका डा.अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईंलाई सिफारिस समितिले आइतबार अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर, नेपाल बिमा प्राधिकरणका अध्यक्ष चापागाईं सहभागी भएनन् । आइतबार अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागीमध्ये नेप्सेका प्रमुख कार्यकारी अधिकृत कार्कीको नाम भने सिफारिसमा परेन । 

नेपाल धितोपत्र बोर्ड पुस २०८० देखि अध्यक्षविहीन थियो। यस अवधिमा, सरकारद्वारा अर्थ मन्त्रालयका सहसचिवलाई बोर्डको अध्यक्षको जिम्मेवारी दिनु परेको थियो। तर, यस्तो व्यवस्थाले बोर्डका धेरै कामकाज र नीतिगत निर्णयहरूमा ढिलाइ भइरहेको अवस्था थियो।

श्रेष्ठको नेतृत्वमा बोर्डले आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै पूँजी बजारको व्यवस्थापन र विकासमा गति ल्याउने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको