Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डलाई अर्थसमितिको निर्देशन– पूँजी बजार सुधारसम्बन्धी प्रतिवेदनको कार्यान्वयनको विवरण पेश गर्नुस्

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १२ : १० मा प्रकाशित

बोर्डलाई अर्थसमितिको निर्देशन– पूँजी बजार सुधारसम्बन्धी प्रतिवेदनको कार्यान्वयनको विवरण पेश गर्नुस्

अर्थसमितिले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको अनुमतिका लागि अपनाएका सम्पुर्ण विवरण ५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको लागि अनुमति प्रदान गर्न भए गरेका काम कारबाही सम्बन्धमा संघिय संसदहरुले प्रश्न गरेपछि अर्थसमितिले अध्ययनका लागि आवश्यक विवरणहरु माग गरेको हो ।

संसदहरुले प्रश्न उठाउदै अनुचित तवरले प्रक्रिया अगाडी बढाएको भन्दै छानविनका लागि माग गरेका थिए । यसरी सबै पक्षबाट विषय उठान भएपछि समितिको जेठ २ गते बसेको बैठकले प्रस्तुत विषय प्रति ध्यानाकर्षण गराएको छ ।

समितिले पूँजी बजार सम्बन्धी अध्ययन प्रतिवेदनको कार्यान्वयनको अवस्थालाई समेत अध्ययन गर्ने भएको छ । समितिले २०७७ असार ३० गते पूँजी बजार सम्बन्धी अध्ययन प्रतिवेदनको कार्यान्वयनका लागि अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको