Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स प्रकरणबारे एजेण्डा आजको अर्थ समिति बैठकमा

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, ०८ : ४० मा प्रकाशित

नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स प्रकरणबारे एजेण्डा आजको अर्थ समिति बैठकमा

प्रतिनिधी सभाको अर्थ समितिमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणबारे छलफल गर्न बैठक डाकिएको छ । मंगलबारका लागि डाकिएको समिति बैठकको एजेण्डामा नयाँ स्टक एक्सचेञ्जलाई राखिएको छ। 

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद बैठकबाटै स्टकको लाइसेन्स रोक्ने निर्णय गराएका थिए।त्यसबेला समितिले पनि स्टकको लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको थियो । 

यो बाहेक अर्थ समितिको बैठकमा विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा मा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल गर्ने समेट कार्यक्रम रहेको छ। यो बाहेक समितिमा  १६ औं पञ्चवर्षिय योजना र मौद्रिक नीतिबारे पनि छलफल हुनेछ। बैठक आज ११ बजे अर्थ समितिको बैठक कक्षमा बस्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको