संघीय संसद अन्तरगतका दुइ समितिको बैठक बस्दैँछ ।
संङघीय संसद सचिवालयका अनुसार अर्थ समिति र बिधायन ब्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी काूननलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।
उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल पुग्ने सो बैठक बिहान ११ः०० बजे बोलाइएको छ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
सो बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस