Like us!
Follow us!
Connect us!
Watch us!

यो हप्ता भोलि एकदिन मात्रै सेयर कारोबार हुने

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १५ : ५७ मा प्रकाशित

यो हप्ता भोलि एकदिन मात्रै सेयर कारोबार हुने

यो साता भोलि बुधबार मात्रै सेयर कारोबार हुने भएको छ। पर्सि ११ गते बिहिबारका दिन भोटो जात्राको लागि साईत जुरेकाले सो दिन सरकारले सार्वजनिक विदा दिने चलन छ। शुक्रबारका दिन सेयर कारोबार नहुने भएकाले यो साताका लागि भोलि एकदिन मात्रै सेयर कारोबार हुने भएको हो। 

जेठ ११ गते भोटो देखाउने जात्राकालागि  सोमवार रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इटीटोलदेखि जावलाखेलसम्म यात्रा सम्पन्न भईसकेको छ। गुठी संस्थानका अनुसार रथ जावलाखेल पुर्‍याइएको चार दिनपछि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भोटो देखाउने परम्परा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको