Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा हरि ढकालको गर्जन, मन्त्रीहरुको झाँको झारे

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १७ : ०८ मा प्रकाशित

संसदमा हरि ढकालको गर्जन, मन्त्रीहरुको झाँको झारे

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३० वर्षदेखि संसदमा बजेट माहात्म्य चलिरहेको भन्दै बजेट निर्माण र प्रस्तुत हुने प्रणालीको आलोचना गरेका छन्। मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भईरहेको छलफलमा बोल्दै ढकालले विगत ६ वर्षदेखि दर्शकदिर्घामा बसेर सरकारको नीति तथा कार्यक्रमका छलफलदेखि बजेट प्रस्तुत हुने प्रकृयासम्मलाई राम्ररी नियालेको बताउँदै ३० वर्षदेखि यही ठिटलाग्दो परम्परा चलिरहेको भन्दै उनले व्यापक असन्तुष्टि व्यक्त गरेका हुन्।  

राष्ट्र प्रमूखले संसदमा नीति तथा कार्यक्रम पेश गर्नेदेखि जेठ १५ गते अर्थमन्त्रीले बजेट भाषण गर्नेसम्मका कार्यलाई माहात्म्यको संज्ञा दिएका उनले जेठ १५ गते 'साङ्गे' हुने बताए। सरकारको नीति सजीव हुनुपर्नेमा निर्जीव भएको भन्दै उनले सरकारको नीति तथा कार्यक्रमप्रति पनि असन्तुष्टि जाहेर गरे। 

मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा गएर 'मैले यति बजेट हालेँ' भन्ने गरेको प्रति पनि उनले कटाक्ष गरेका छन् । 'तपाईँको घर बेचेर पैसा हालेको हो ? राज्यको पैसा हालेको होइन ?' भनेर प्रश्न गर्दै यदि अब फेरी पनि मन्त्री/सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा गएर मैले हालेको पैसा भन्दै भाषण दिएको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले यो तपाईंको पैसा होइन राज्यको पैसा हो भनेर प्रतिरोध गर्ने पनि उनले स्पष्ट पारे ।  

आफूले केही लिखित सुझावहरु बजेट अगावै अर्थमन्त्रीसमक्ष पेश गर्ने बताउँदै उनले आफ्ना सुझावहरु बजेटमा समेटिने आशा पनि उनले व्यक्त गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको