आज (बुधबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेकाे छ । नेप्से ०.८५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.५८ अंकले बढेर ३७१.३१ विन्दुमा पुगेकाे छ । कूल २७० वटा कम्पनीकाे ४८ लाख ६५ हजार ४ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
आज धेरै कारोबार गर्ने १० वटा ब्रोकहरुमध्येमा ७ वटा ब्रोकरहरुको खरिद बढी छ भने बाँकी ३ वटा ब्रोकरको बिक्री बढी छ ।
आज सबैभन्दा बढी रकमको सेयर कारोबार ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजबाट भएको छ । ५८ नम्बरबाट १४ करोड ८ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर खरिद हुँदा १३ करोड ८१ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । त्यस्तै दाेश्राे नम्बरमा रहेकाे ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजले १० करोड ७३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर किन्दा १० करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको सेयर बेचेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस