Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरसम्बन्धी नियमावली संशोधन: चुक्ता पुँजीको समयसीमा बढ्यो, नयाँ सेवा अनुमति खुल्यो

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, ०७ : ४० मा प्रकाशित

ब्रोकरसम्बन्धी नियमावली संशोधन: चुक्ता पुँजीको समयसीमा बढ्यो, नयाँ सेवा अनुमति खुल्यो

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा व्यापारीहरूका लागि लागु हुने नियमावलीमा महत्त्वपूर्ण संशोधन गरेको छ। ‘धितोपत्र व्यवसायी नियमावली, २०६४’ को छैठौं संशोधन गरी  साउन ३२ गतेदेखि लागू गरिएको हो।

नयाँ संशोधनअनुसार अब धितोपत्र ब्रोकरहरूले तोकिएको न्यूनतम चुक्ता पुँजी २०८२ सालको चैत्र मसान्तसम्म पुगाउन सक्नेछन्। यसअघि साउन मसान्तसम्मै पुँजी पुर्‍याउनुपर्ने प्रावधान थियो। पुँजी व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले समय थप गरिएको हो।

बोर्डको नयाँ व्यवस्थाले ब्रोकरहरूलाई आईपीओ निष्काशनको अनुमति समेत दिनेछ। साथै, बैंकको सहायक कम्पनीको रूपमा सञ्चालित ब्रोकर फर्महरूले अब बैंकका कर्मचारीलाई आफ्नो सञ्चालक समितिमा नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।

नियमावली अनुसार सिमित सेवा प्रदान गर्ने ब्रोकरहरूले अब ग्राहकको तर्फबाट धितोपत्र खरिद–बिक्री गर्न, केन्द्रीय निक्षेपसँग सम्बन्धित सेवा दिन, मार्जिन कारोबार सञ्चालन गर्न तथा राफसाफ सदस्यका रूपमा कार्य गर्न सक्नेछन्।

यता, पूर्ण सेवा दिने ब्रोकरहरूले धितोपत्र बोर्डबाट अनुमति लिएर लगानी व्यवस्थापन, लगानी परामर्श तथा योग्य संस्थागत लगानीकर्ताका रूपमा पनि सेवा दिन पाउनेछन्। यसरी दिइने सेवाबापत तिनीहरूले सेवा शुल्क लिन सक्ने बाटो पनि खुलेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको