Like us!
Follow us!
Connect us!
Watch us!

एकै ठाउँमा सबै सेवा: एबीसी सेक्युरिटिजको 'वन-स्टप सर्भिस' कार्यालय उद्घाटन

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, १६ : ५३ मा प्रकाशित

एकै ठाउँमा सबै सेवा: एबीसी सेक्युरिटिजको 'वन-स्टप सर्भिस' कार्यालय उद्घाटन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इजाजत प्राप्त स्टक ब्रोकर एबीसी सेक्युरिटिज प्रा. लि. (ब्रोकर नम्बर १७) ले आफ्नो कार्यालय इन्द्रचोकबाट स्थानान्तरण गरी कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्सको पहिलो तल्लामा नयाँ कार्यालय सञ्चालनमा ल्याएको छ। जेठ १८ गतेदेखि नयाँ स्थानबाट कम्पनीले औपचारिक रूपमा सेवा सुरु गरेको हो।

कम्पनीले कार्यालय स्थानान्तरणसँगै सेवा तथा कार्यक्षमता थप प्रभावकारी बनाउने अपेक्षा राखेको छ। सुविधाजनक स्थानमा रहेको नयाँ कार्यालयमा लगानीकर्ताहरूका लागि निजी ट्रेडिङ कक्ष, क्याफेटेरिया, र एकल सेवा काउन्टर (वन-स्टप सर्भिस) जस्ता आधुनिक सुविधाहरू उपलब्ध गराइएको छ।

एबीसी सेक्युरिटिजले एकीकृत सेवा प्रणालीअन्तर्गत डिपोजिटरी (DP), KYC, खाता, सेटलमेन्ट र ट्रेडिङसम्बन्धी सम्पूर्ण सेवा एउटै स्थानबाट छिटो र सहज रूपमा प्रदान गर्ने व्यवस्था गरेको छ। यसले लगानीकर्ताहरूको समय र स्रोतको बचत गर्दै सेवा अनुभवलाई सरल र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यालय स्थानान्तरणको अवसरमा कम्पनीले विशेष उद्घाटन समारोहको आयोजना गरेको थियो। सो कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत श्री चूडामणि चापागाईं प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री कमलकुमार अग्रवाल र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष श्री सागर ढकाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

समारोहमा प्रमुख अतिथि श्री चूडामणि चापागाईंले रिबन काटेर नयाँ कार्यालयको औपचारिक उद्घाटन गरे। कार्यक्रममा कम्पनीका सम्माननीय ग्राहक, लगानीकर्ता, वित्तीय क्षेत्रका प्रतिनिधिहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

एबीसी सेक्युरिटिजका अध्यक्ष श्री नितेशकुमार अग्रवाल ले स्वागत मन्तव्य राख्दै भने,

“हामी यो नयाँ अध्याय सुरु गर्न पाउँदा अत्यन्त उत्साहित छौं। नयाँ स्थान र यहाँका आधुनिक सुविधाहरूले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गर्नेछ। हामी उच्च गुणस्तरको सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं।”

कम्पनीले उद्घाटन समारोह सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै नयाँ कार्यालयमार्फत लगानीकर्ताहरूको विश्वास जित्ने प्रयास निरन्तर जारी रहने प्रतिबद्धता जनाएको छ।

683c36fcecb43.jpg 683c3704e59bb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको