काठमाडौंको एभरेष्ट होटलमा आज सम्पन्न ३० औँ वार्षिकोत्सव साधारणसभापछि भएको चुनावमा सागर ढकालले अध्यक्ष पद जितेका छन्। ढकालले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई २ मतले पराजित गर्दै ४५ मत प्राप्त गरेका हुन्।
यो ऐतिहासिक निर्वाचन दुईवटा स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्सबीचको मर्जरपछि पहिलो पटक नयाँ कार्यसमिति चयन गर्न गरिएको थियो। यसअघि धितोपत्र ब्रोकर्सका अध्यक्ष रहेका ढकाल अब स्टक ब्रोकर्स एसोसिएसनको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन्।
ढकालको शानदार जीतले नयाँ युगको संकेत
हिमालय ब्रोकरेज (स्टक ब्रोकर ६३) का अध्यक्ष सागर ढकालको जीतलाई पूँजी बजारमा नयाँ युगको सुरुवातको रुपमा हेरिएको छ।
नयाँ कार्यसमिति यस्तो छ:
कार्यसमितिका सदस्यहरू:
विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव, र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।
यो निर्वाचनले पूँजी बजारमा नयाँ जोश थप्ने विश्वास गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस