बिर्तामोड, ८ चैत्र २०८१ – विश्व वित्तीय सप्ताह २०२५ (Global Money Week 2025) को अवसरमा श्री हरि सेक्युरिटिज प्रा. लि. (ब्रोकर नम्बर ५६) बिर्तामोड शाखाले नेपाल धितोपत्र बजारसम्बन्धी सामुदायिक वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
बिर्तामोडस्थित EECHOM कलेजमा आयोजित उक्त कार्यक्रममा प्रधानाध्यापक आलोक कार्कीको उपस्थितिमा त्यहाँ अध्ययनरत ३० जना विद्यार्थीहरूलाई वित्तीय सचेतना मूलक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा श्री हरि सेक्युरिटिज प्रा. लि. का कार्यालय प्रमुख भवन ओली, पियुष खेतान, नवीन राजवंशी, रियाज घिमिरे, चिरञ्जीवी अधिकारी र सुसमिता राईले धितोपत्र बजार, बचत तथा लगानीका विविध पक्षहरूबारे छलफल गरेका थिए।
उक्त कार्यक्रममार्फत किशोर अवस्थाबाटै सानोतिनो बचतको बानी बसाल्ने, सो बचतलाई समुचित लगानीमार्फत भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने विषयमा विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। साथै, प्रत्येक वर्ष विश्व वित्तीय सप्ताह मनाइने परम्परालाई निरन्तरता दिँदै यस वर्षको मुख्य नारा ‘Think Before You Follow, Wise Money Tomorrow’ रहेको जानकारी गराइयो।
श्री हरि सेक्युरिटिज प्रा. लि. ले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस