Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले जारी गर्याे पुनरतालिकीकरण सम्बन्धी परित्रपत्र, के-के छन् व्यवस्था ?

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, ११ : ०४ मा प्रकाशित

राष्ट्र बैंकले जारी गर्याे पुनरतालिकीकरण सम्बन्धी परित्रपत्र, के-के छन् व्यवस्था ?

नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिकाे समिक्षा मार्फत् व्यवस्था गरिने भनिएकाे पुनरतालिकीकरण र पुनरसंरचनाको व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गरेकाे छ । 

राष्ट्र बैंकले माैद्रिक नीतिकाे समीक्षामा भनेकाे थियाे 'वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ।'

पुनरतालिकीकरणको व्यवस्थाले लघुवित्तको रिपोर्टमा सकारात्मक प्रभाव पार्ला : सीईओ, जाल्पा लघुवित्त

साेही व्यवस्था कार्यान्वयन गर्न अहिले परिपत्र जारी गरिएकाे हाे । राष्ट्र बैंकले ऋणीले भुक्तानी गर्न बाँकी ब्याजको कम्तिमा ५% असुली गरेर मात्र कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्न लघुवित्तहरूलाई निर्देशन दिएकाे छ । 

त्यसैगरी, पुनरतालिकीकरण र पुनरसंरचना गरिएका कर्जाहरुलाई असार मसान्तभित्र ५% कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएकाे छ । 

पुनरतालिकीकरण र पुनरसंरचनासम्बन्धी परित्रपत्रकाे पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहाेस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको