Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले गर्यो संसद अवरोध

अर्थ संसार

शुक्रबार, १२ जेठ २०८०, १२ : ४६ मा प्रकाशित

एमालेले गर्यो संसद अवरोध

नेकपा (एमाले)ले संसद् अवरोध गरेको छ । गत जेठ १० गते भएको प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै एमालेले आजको संसद् बैठक अवरोध गरेको हो ।

आजको बैठक सुरू हुनासाथ एमालेका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए । सभामुखले बोल्ने समय दिएपछि बोल्दै गिरीले एमाले भ्रष्टचारलाई जरै बाट निमूल पार्ने अभियानमा लागेको स्मरण गराउँदै सत्तापक्षका सांसदले एमाले लक्षित गरेर भ्रष्टचारमा संलग्न भएको आरोप लगाएको भन्दै सत्तापक्षका सासदको आरोप छानविन नभएसम्म सदन चल्न नदिने घोषणा गरेका छन् ।

गत १० जेठको बैठकमा माओवादी सांसद दाहालले पशुपतिनाथको मन्दिरमा एमाले अध्यक्ष प्रधानमन्त्री भएको बेला सुनको जलहारी लगाउने ठाउँमा पित्तलको जलहारी लगाएर भ्रष्टचार गरेको आरोप लगाएका थिए । त्यहि कुरालाई लिएर एमालेले आजको बैठक अवरोध गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको