सरकारले पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताए ।
पर्यटन क्षेत्रका लागि चालु आवमा रु नौ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि करिब अढाई अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ ।-रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस