Like us!
Follow us!
Connect us!
Watch us!

बजेटको अन्योलतापछि लगानीकर्ता धितोपत्र बोर्ड पुग्दै

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १० : ०८ मा प्रकाशित

बजेटको अन्योलतापछि लगानीकर्ता धितोपत्र बोर्ड पुग्दै

यस वर्षको बजेट भाषणपछि सेयरबजारका लगानीकर्तामा अन्योलता आएको छ। ७.५ % पूंजीगत लाभकर अन्तिम हो कि होईन भन्ने विषयले सबैभन्दा धेरै लगानीकर्ता अन्योलमा रहेका छन् । 

यहि कारण  मंगलबार सेयरबजारमा भारी गिरावट आयो। नेप्से मंगलबार ५० अंक बढिले घट्यो।

अर्थमन्त्रीले पनि ‘सेयर बजारप्रति हामी सकारात्मक छौं, बजार बिगार्ने कुनै नियत छैन,’ भन्दै माहोल सकारात्मक बनाउने प्रयास पनि गरे। 
 
तर आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले पनि अल्पकालीनलाई ७.५ %  दीर्घकालीनलाई ५ प्रतिशत अग्रिम पूँजीगत लाभकर अन्तिम नभएको घुमाउरो तरिकाले भने। 

बजेट, बजेटपछिको पत्रकार सम्मेलन र त्यसपछिको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको विभिन्न मिडियामा आएका विचारपछि लगानीकर्ता अझ सशंकित हुन् पुगेका छन्। 

अर्थमन्त्रालयसँग आफ्नो येही आवाज पुर्याउन लगानीकर्ता अब नियमनकारी निकाय धितोपत्र बोर्ड पुग्ने भएका छन्। केहि समयपछि लगानीकर्ताहरु धितोपत्र बोर्ड पुगेर सेबोन अध्यक्षलाई भेट्ने कार्यक्रम राखेका छन्। 

धितोपत्र बोर्डका अहिले हुने गतिविधि अर्थसंसारबाट प्रसारण हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको