जेठ १५ गते नेपाल सरकारबाट प्रस्तुत भएकाे बजेटकाे बुँदा नम्बर २९ मा भएकाे पूँजीगत लाभकरसम्बन्धी कुराले बजार प्रताडित भएकाे छ । लगानीकर्ताहरू बजेटमा समेटिएकाे उक्त कुरामा आपत्ति जनाउँदै आज नेपाल धिताेपत्र बाेर्ड (सेबोन) मा पुगेर आफ्नो कुरा सुनाएका छन् ।
अभिभावककाे नाताले सेबाेन पुगेका लगानीकर्ताहरूलाई निराश नहुन र नआत्तिन सेबोनका अध्यक्ष रमेश कुमार हमालले आग्रह गरेका छन् । उनले आफूले लगानीकर्ताहरूको कुरा सरकारसम्म पुर्याउने आश्वासन दिलाएका छन् । अहिलेकाे अवस्थामा लगानीकर्ताहरू चिन्तित हुनु स्वभाविक रहेकाे समेत उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस