Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १७ : ३८ मा प्रकाशित

युनिक नेपाल लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते, बिहीबारदेखि निष्कासन गरेकाे थप सार्वजनिक निष्कानस (एफपीओ) भर्ने आज अन्तिम दिन रहेकाे थियाे । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर एफपीओ मार्फत निष्कासन गरेकाे हो । 

सीडीएसका अनुसार आज बुधबार साँझ ५ बजेसम्ममा कुल १४ लाख ४ हजार ७ जना लगानीकर्ताहरूले १ करोड ६३ लाख ३ हजार २० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा धेरै आवेदन हो । 

युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशनपछि संस्थाले एफपीओ निष्काशन गरेकाे हो । हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँट पश्चात् लघुवित्तको चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको