Like us!
Follow us!
Connect us!
Watch us!

आइजीआई प्रुडेन्सियलले कति पायो अपनिङ्ग रेन्ज?

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १५ : ५७ मा प्रकाशित

आइजीआई प्रुडेन्सियलले कति पायो अपनिङ्ग रेन्ज?

साबिक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गरिसकेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार आइतबारबाट खुल्ने भएको छ। नेप्सेले आज मर्जर प्रयोजनका लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ।

साबिक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। यी दुवै कम्पनीको १०० रुपैयाँ चुक्तामूल्यको कुल ३ करोड २ लाख ९३ हजार ३४६.३९ कित्ता सेयर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नेप्सेमा सूचीकृत भएको छ। 

नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता ३७०.८२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यसर्थ अब यो कम्पनीको सेयर कारोबार यही मूल्यबाट खुल्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको