Like us!
Follow us!
Connect us!
Watch us!

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

अर्थ संसार

विहीबार, २४ माघ २०८१, १० : २६ मा प्रकाशित

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितनरण गर्ने लाभांश घोषणा गरेको हो । 

कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ रहेको छ।

साथै उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ। बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको