आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आवश्यक कागजातसहित दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ।
गत असोज मसान्तसम्ममा क्षति भई कम्पनीमा दाबीका लागि निवेदन दिएका बीमितको तर्फबाट आवश्यक कागजात अझै अपुग रहेको र सम्पर्कमा समेत नआएको भन्दै कम्पनीले सूचना जारी गरेको हो ।
कम्पनीले बीमितलाई २१ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी थप कागजात पेश गरेर दाबी प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ । यो अवधिभित्र पनि बीमितले दाबी प्रक्रिया अघि नबढाएमा सम्बन्धित बीमितको दाबीको फाइल बन्द गरिने कम्पनीले जनाएको छ ।
दाबी दर्ता भई आवश्यक कागजात प्राप्त हुन बाँकी बीमा दाबीको विवरण कम्पनीको वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस