Like us!
Follow us!
Connect us!
Watch us!

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पिटलबीच छुट सम्बन्धि सम्झौता

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १६ : ०९ मा प्रकाशित

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पिटलबीच छुट सम्बन्धि सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो हस्पिटल धनगढीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी तथा ग्राहकमहानुभावहरुलाई माया मेट्रो हस्पिटल धनगढीमा प्राप्त हुने सेवाहरु जस्तैः एक्स रे, यूएसजी, इको १०% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशीले माया मेट्रो हस्पिटलसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको