Like us!
Follow us!
Connect us!
Watch us!

वातावरण दिवसको अबसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली (फोटो फिचर)

अर्थ संसार

शनिबार, २० जेठ २०८०, १२ : ५९ मा प्रकाशित

वातावरण दिवसको अबसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली (फोटो फिचर)

विश्व  बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन जोगाऔं, पृथ्वी बचाउौं”, नाराका साथ शनिबार साइकल र्‍याली सम्पन्न गरेको छ ।

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजनामा गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीहरुलाई  वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा संवोधनगरिए पश्चात साईकल र्‍यालीको शुरुवात गरिएको हो  थियो। 

बैंकको केन्द्रिय कार्यालय बालुवाटारको प्राङ्गण र्‍यालीबाट सुरु भई गैरीधारा, नारायणचौर,नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकालीमन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा,जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरणपुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो ।

उक्त साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी, प्रायोजकएवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।  र्‍यालीमा करिव ४०० भन्दा बढीको उपस्थिती रहेको थियो । 

यस साइकल र्‍यालीबाट सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तर दायित्वलाई आत्मसात गर्दै इन्धनको मित व्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको सिइओ सुुयोग श्रेष्ठले बताए । 

बातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “इन्धन जोगाऔं, पृथ्वी बचाउौं” भन्ने नारा लिएर बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै जाने बैकले जनाएको छ । 

सो र्‍यालीमा सहभागीभएका सम्पूर्ण सहभागीहरुलाई टिर्सट र चिनो स्वरुप एक एक वटा विरुवा प्रदानगरिएको थियो । साथै एक साईकल र्‍यालीमा सहभागी भएका राधा कृष्ण श्रेष्ठलाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल जितेका छन ।

 

647aec1795044.jpg 647aec1b1817b.jpg 647aec1eb3946.jpg 647aec21c1532.jpg 647aed4ca6f55.jpg 647aed52744cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको