Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनरत लगानीकर्ता अर्थमन्त्रीसँग वार्तामा

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, ११ : १७ मा प्रकाशित

आन्दोलनरत लगानीकर्ता अर्थमन्त्रीसँग वार्तामा

आन्दोलनरत लगानीकर्ताका प्रतिनिधीहरू अर्थमन्त्रालयमा अर्थमन्त्री डा. प्रकाश शरण महतसँग अहिले वार्ता गरिरहेका छन् । अर्थमन्त्री महत भारत भ्रमणबाट फर्किएपछि अहिले वार्ता चलिरहेकाे हाे ।

साे वार्तामा लगानीकर्ताहरूकाे प्रतिनिधित्व गर्दै तिलक काेइराला, राेहन कार्की, केशव काेइराला (काका), एसपी चाैलागाइ, नयन बास्ताेला, तुल्सिराम ढकाल, राजन लम्साल, तारा फुल्लेल लगायतका लगानीकर्ताहरू अर्थमन्त्रीसँग वार्तामा छन् । 

साे वार्तामा सरकारको तर्फबाट अर्थमन्त्रालयका सचिव, सहसचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली समेत रहेका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको