Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: अघि बढ्ने भयो सेयर लगानीकर्ताको महासंघ बनाउने प्रकृया

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १५ : २० मा प्रकाशित

अन्तत: अघि बढ्ने भयो सेयर लगानीकर्ताको महासंघ बनाउने प्रकृया

लामो प्रतिक्षा र चौतर्फी दबाबपछि अन्तत लगानीकर्ताहरूको महासंघ बनाउने प्रकृया अघि बढ्ने भएको छ । माग पुरा भएपछि आन्दोलनरत लगानीकर्ताहरूले समग्र समिक्षा र बधाई ज्ञापनका लागि भोलि दिउँसो ३ बजे माईतीघरमा भेला गर्ने भएका छन् । 

भोलि दिउँसो हुन लागेको भेलामा लगानीकर्ताहरूको महासंघ बनाउने विषयमा पनि छलफल गरिने भएको छ । अर्थ संसारसँग कुराकानी गर्दै लामो समयदेखि बारम्बार माग हुँदै आएको लगानीकर्ताहरूको एउटै महासंघ बनाउने कुरामा भोलिको भेलामा औपचारिक छलफल गरिने लगानीकर्ता रोहन कार्कीले बताए ।

एउटा बलियो महासंघ बनेपछि सबै लगानीकर्ताहरूको हक र हित राम्ररी संरक्षण हुने भएकाले यो प्रकृया अगाडि बढाउने निर्णय गरिएको उनले बताए । सबै लगानीकर्ताहरूको उद्देश्य एउटै भएपछि समग्र बजार विकासमा पनि सहजिकरण हुने उनी बताउँछन् ।

याे पनि पढ्नुहाेस् :

लगानीकर्ता नै एकजुट नभएसम्म कसरी हाेला बजारकाे विकास ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको