Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार बाँडफाँड हुने, सेयर पाउने भाग्यमानी कति ?

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, ११ : ५५ मा प्रकाशित

युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार बाँडफाँड हुने, सेयर पाउने भाग्यमानी कति ?

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते, बिहीबारदेखि जेठ १७ गतेसम्म निष्कासन गरेकाे थप सार्वजनिक निष्कानस (एफपीओ) पर्सी जेठ २५ गते, बिहीबार हुने भएकाे छ । उक्त एफपीओकाे बाँडफाँड बिहीबार बिहान ९ बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । 

लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर एफपीओ मार्फत निष्कासन गरेकाे थियाे । 

सीडीएसका अनुसार संस्थाकाे एफपीओमा अन्तिम दिनसम्म कुल १४ लाख ४ हजार ७ जना लगानीकर्ताहरूले १ करोड ६३ लाख ३ हजार २० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४२.९६ गुणा धेरै आवेदन हो । 

संस्थाकाे एफपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ३७ हजार ९ सय ४२ जना लगानीकर्ताहरूले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ६६ हजार ६५ जना लगानीकर्ताहरूको भने हात खाली हुनेछ । 

युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशनपछि संस्थाले एफपीओ निष्काशन गरेकाे हो । हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँट पश्चात् लघुवित्तको चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको